लुटपाटमा संलग्न चार पक्राउ

काठमाण्डु टुडे २०७७ पुष २४ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, २४ पुस– ललितपुरको च्यासलमा एक घरमा लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।

स्थानीय धनकुमारी ठकुरीको डेराबाट लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २६ वर्षीय भरत मगर, ताप्लेजुङका २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेवका २० वर्षीया सुस्मिता डिम्डो र ललितपुर चापागाउँका २९ वर्षीया लबिन तामाङ छन् ।

ठकुरीमा डेरामा गत १३ पुसमा अपरिचितहरुको समूहले लुटपाट गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us