सेनाले ओलीलाई बालुवाटारबाट बालकोट सिफट् गराउँछ !

काठमाण्डु टुडे २०७७ पुष २३ गते १९:३९ मा प्रकाशित

पोखरा, २३ पुस– नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले तीन महिनाभित्र विघटित प्रतिनिधिसभा पुर्नस्थापना हुने बताएका छन् ।

आफ्नो समूहका जनवर्गीय संगठनका कार्यकर्ता भेलालाई बिहीबार पोखरामा सम्बोधन गर्दै भट्टराईले संसद पुर्नस्थापनाको विकल्प नरहेको बताए । ‘२०१७ सालमा विघटन भएको संसद फर्काउन ३० वर्ष लाग्यो । २०६०÷६१ सालको संसद फर्काउन तीन वर्ष लाग्यो’, भट्टराईले भने, ‘अहिले विघटन भएको संसद पुर्नस्थापान हुन ३० वर्ष र तीन वर्ष होइन, बढीमा तीन महिना लाग्छ ।’ भट्टराईले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर प्रतिक्रियावादी हँसाएको र आफ्नालाई रुवाएको भन्दै गल्ती महसुस गरेर पार्टीमा फर्कन आग्रह गरे ।

ओलीमा भारतीय काँग्रेस आई नेतृ इन्दिरा गान्धीमा जस्तै शक्तिको उन्माद चढेको टिप्पणी गरे । ओली पनि गान्धीजस्तै गरी पत्तासाफ हुने दाबी उनको छ । ‘भारतमा इन्दिरा गान्धीमा शक्तिको उन्माद चढेर संसद विघटन गरिन्, उनको पत्तासाफ भयो’, भट्टराईले भने, ‘केपी ओलीमा पनि त्यस्तै शक्तिको उन्माद चढेको छ ।’ भट्टराईले हरेक निर्णय एकलौटी गरेका ओलीले पार्टीले काम गर्न नदिएको आरोप लगाउनु आफ्नो असफलता ढाक्ने प्रयास मात्र भएको टिप्पणी गरे ।

भट्टराईले ओलीसहित सो पक्षका नेताले आफूहरुको कदममा नेपाली सेनाले साथ दिने बताइरहेको भन्दै उनले सेनाले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई साथ नदिने बताए । उनले प्रधानमन्त्री ओलीलाई सेनाले बालुवाटार छाडेर बालकोट जान सुझाव दिने दाबी गरे । ‘सेनाले २०४६ साल र ०६२÷०६३ सालमा सुझबुझपूर्ण निर्णय गरको स्मरण हामीलाई छ’, भट्टराईले भने, ‘सेनालाई कसैले विवादमा नतानौं । हाम्रो सेनाले राजनीति गर्दैन । ओलीलाई विनम्रतापूर्र्वक भन्नेछ हामी हजुरलाई बालुवाटारबाट बालकोट सिफ्ट गर्दैछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us