डिल्लीबजार कारागार भत्कियो

काठमाण्डु टुडे २०७७ असार ५ गते २२:४३ मा प्रकाशित

काठमाण्डु, ५ असार–काठमाण्डुको डिल्लीबजारस्थित सदरखोर शुक्रबार साँझ कारागार भत्किएको छ ।


कारागारको भिआईपी राख्ने गरिएको पुरानो र जीर्ण भवन भत्किएको हो । उक्त भवन कारागारको बाहिरी भागमा थियो । कारागार भत्किँदा बिजुलीको तारमा करेन्ट सर्ट भई नेपाल विद्युत प्राधिकरणको एउटा ट्रान्समिटर पड्किएको छ ।

कारागार भत्किँदा कुनै मानवीय क्षति नभएको र कैदी पनि नभागेको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us