भारतको दादागिरीविरुद्ध बोले नारायणकाजी

काठमाण्डु टुडे २०७७ वैशाख २७ गते १०:०८ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– सरकार नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबरसम्म जाने सडक निर्माण गरेकामा घोर आपत्ति प्रकट गरेका छन् ।

श्रेष्ठले नेपाली भूमि अतिक्रमणविरुद्ध तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । भारत स्वयंले विवादित भूमि स्वीकार गरिसेकेको र सबै कोरोना महामारीविरुद्ध लडिरहेको मौका छोपेर भारतले उक्त कार्य गरेको भन्दै श्रेष्ष्ठाले रोष प्रकट गरेका छन् ।

‘भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु’, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ष्ठले ट्विट गर्दै भनेका छन्, ‘हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’

भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट दार्चुलाको गुन्जी हुँदै लिपुलेकसम्मको सडक मार्ग खोलेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत सडकको उदघाटन गरेपछि मात्र नेपालले भूमि अतिक्रमणबारे थाहा पाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us