ओली आक्रोशित भएपछि भाँडियो नेकपा बैठक

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते १८:४४ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली बीचैमा उठेर हिंडेपछि नेकपा सचिवालय बैठक भाँडिएको छ ।

यो सँगै भोलि बस्ने भनिएको स्थायी समिति बैठकसमेत अनिश्चित भएको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘एक व्यक्ति एक पद’ लागू गर्न दबाब दिएपछि ओलीले बीचैमा बैठक छाडेका थिए ।

ओली हिंडेपछि नेताहरु पनि बाहिरिएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक अनिश्चित भएको बताए ।

 

दुई अध्यक्षबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको र छलफलले बैठक बस्ने वा नबस्ने भन्नेबारे टुंगो लगाउने श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । यसअघि गत शनिबार बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी समिति बैठकको मिति तय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us