आजदेखि ई–पासमा कडाई

रासस २०७७ वैशाख २३ गते ९:०७ मा प्रकाशित

कैलाली, २३ वैशाख– जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ ।

प्रशासन कार्यालयले मंगलबारदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति/निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्र जारी गर्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको सोमबार प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us