बाबुरामविरुद्ध मुद्दा हाल्न आयोग पुगे महेश बस्नेत र सर्वेन्द्र

काठमाण्डु टुडे २०७७ वैशाख २२ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईविरुद्ध उजुरी लिएर राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।

भट्टराईले आफूहरुविरुद्ध अपहरहणको आरोप लगाएर मानवअधिकार उल्लंघन गरेको जिकिर उनीहरुको छ ।
ती तीनैजनाविरुद्ध जनता समाजवादी पार्टीका संसद डा. सुरेन्द्रकुमार यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाण्डु ल्याएको आरोप लागेको छ । डा. भट्टराईले तत्कालीन समाजवादी पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीको पार्टी विभाजन गर्ने योजना सफल पार्न बस्नेत, श्रेष्ठ र खनालले डा. यादवको अपहरण गरेको आरोप लगाएका थिए ।

भट्टराई अपहृत भनिएका डा. यादवलाई लिएर काठमाण्डु प्रहरी परिसरमा अपहरण मुद्दा दर्ता गर्न गएका थिए । तर, प्रहरीले उजुरी लिन मानेन । यादवले आफूलाई अपहरण गरेको भन्दै केही दिनअघि मानवअधिकार आयोगमै उजुरी दिइसकेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us