नेपालमा कोरोना महामारी तेश्रो चरणमा !

काठमाण्डु टुडे २०७७ वैशाख २२ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ ।
विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूईए) को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजेटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो ।

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ । यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन् ।
अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us