सी जिनफिङसँग राष्ट्रपति भण्डारीको फोन वार्ता, राष्ट्रपति कार्यालयले लुकायो सूचना

काठमाण्डु टुडे २०७७ वैशाख १६ गते १०:२६ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– नेपालमा सत्तारुढ नेकपाभित्रको अन्तरविरोध चर्किएका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच टेलिफोन संवाद भएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले सोमबार दुई राष्ट्रपतिबीच सोमबार फोन वार्ता भएको जनाएको छ ।

फोन वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको लडाईंमा नेपाललाई थप सहयोग गर्न तयार रहेको बताए ।

समाचारमा जनाइएअनुसार राष्ट्रपति सीले महामारीविरुद्ध जुध्न दुई देशका स्वास्थ्य संस्थाबीचको सम्पर्क र साझेदारी बलियो अझै बनाउन जरुरी रहेको खाँचो औंल्याएका थिए ।

चासो लाग्दो विषय के छ भने राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग गरेको फोन वार्ताबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन ।

नेपाली सञ्चार माध्यमले फोन वार्ताबारे जानकारी नपाउने र चिनियाँ समाचार संस्थाबाट समाचार बाहिरिनुलाई शंकाको दृष्टिले हेरिएको छ ।

राष्ट्रपति भण्डारीमाथि नेकपाको आन्तरिक राजनीतिमा चलखेल गरेको आरोप लाग्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us