लकडाउनमा अलपत्र परेकाहरु चढेको बस दुर्घटना, सह–चालकको घटनास्थलमै दुर्घटना

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते ९:२३ मा प्रकाशित

महोत्तरी, १३ वैशाख– काठमाण्डुबाट यात्रु लिएर गएको बस महोत्तरीमा दुर्घटना भएको छ ।

दुर्घटनामा बसका सह–चालक दोलखा तामाकोसी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप विकको मृत्यु भएको हो ।

लकडाउनका कारण काठमाण्डुमा अलपत्र मानिस लिएर उदयपुरतर्फ जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस बर्दिवास नगरपालिका–३ स्थित पाटुको घुम्तीमा आज बिहान दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहले दुर्घटनामा घाइते भएका दोलाखा तामाकोशीकै २३ वर्षीय बाबुराम विकको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us