नेपालका १२ जिल्लामा फैलियो कोरोना

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते ८:२६ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् ।

नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।  संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाण्डु, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us