
काठमाण्डु, ३० भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपालगञ्जबाट काठमाण्डु आउने क्रममा जहाजभित्रै अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । प्रहरीले आइतबार सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।
तर, नियन्त्रणमा लिएपछि मन्त्रीमाथि दुव्र्यवहार गरेको आरोपमा हिरासतमा राखेको हो । भट्टराईमाथि शाहीले शनिबार साँझ जहाज होल्ड गराएको भन्दै अपशब्द बोलेर गालीगलौज गरेका थिए । त्यसबारे जानकारी दिन शाहीले गरेको पत्रकार सम्मेलनमा एक समूहले उनीमाथि आतपात गरेपछि प्रहरीले सुरक्षाका लागि भन्दै लगेको थियो । शाहीलाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाउने तयारी भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकबहादुर राईले मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरेको कसुरमा शाहीमाथि कारबाही अघि बढाइएको जानकारी दिए । शाहीले बुद्ध एयरको जहाज एक घण्ट रोकेको भन्दै मन्त्री भट्टराईमाथि ‘संस्कृति मन्त्री भएर पनि संस्कार नभएको, बुद्धिको बिक्रो लगाऊ, जस्ता शब्द प्रयोग गरेर गालीगलौज गरेका थिए ।
भट्टराईले भने एक घण्टा नभई आफ्ना कारण १५ मिनेट जहाज उड्न ढिलाई भएको मन्त्री सार्वजनिक रुपमा माफी मागेका छन् । नागरिक उड्डयन कार्यालयले पनि विज्ञप्तिमार्फत जम्मा १५ मिनेट जहाज उड्न ढिला भएको जनाएको छ ।