पार्टी बैठकमा प्रधानमन्त्री ओलीको ब्रिफिङः चिनियाँ राष्ट्रपति छिट्टै आउँने

काठमाण्डु टुडे २०७६ भदौ २६ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् ।

नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका छन् ।

नेकपाका एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गढबढ नभए अक्टोबरमै हुने सम्भावना छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us