चिनियाँ सेना काठमाण्डुमा

काठमाण्डु टुडे २०७६ भदौ १३ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाण्डुमा सुरु भएको छ ।

यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाण्डु आएका छन् ।  महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us