नासाको दावीः ‘सूर्यमा प्वाल देखियो, पृथ्वी नै खतरामा’

काठमाण्डु टुडे २०७५ चैत २३ गते १२:१८ मा प्रकाशित

एजेन्सी – वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्रा्ष्ट्रिय वैज्ञानिकहरुको संस्था नासाले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका छन् ।

सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याक्न सक्ने चेतावनी दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमरुले जनाएका छन् । डेलिमेलका अनुसार प्वालले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुको चेतावनी छ ।

वैज्ञानिकहरुले सुर्यास्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् ।

वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’ को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भन्दै उच्च सर्तकता अपनाउन चेतावनी दिएका छन् । यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान छ । नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले जनाएको छ ।

नासालाई प्राप्त तस्बिरमा उक्त कालो छिद्र एकदमै गहिरो देखिएको छ । यस क्षेत्रलाई सूर्यको चिस्यान क्षेत्र (कुलर एरिया) मानिन्छ । यस्तो छिद्रको निर्माण हुनुको कारण सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तरक्रियात्मक गतिविधि रहेको वैज्ञानिकहरुको दाबी छ ।

अहिले सूर्यमा रहेको चुम्बकीय क्षेत्रका कारण उक्त प्वालबाट ज्वालाहरु निस्कन पाएका छैनन् । यदि त्यहाँबाट विस्तारै ज्वालाहरु निस्कने क्रम सुरु भयो भने सूर्यको वरिपरि सतहमा ठूलो मात्रामा ज्वालाहरु मडारिन सक्ने र त्यसको असर सौर्य मण्डलभर देखा पर्ने नासाको दाबी छ । नासाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नयाँ ‘सन्सपट’ समूहको दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ ।

दुई दिनको अन्तरालमा खिचिएको दृश्यहरुमा एउटामा मात्र ‘सन्सपट’ समूह देखा परेको छ । हुनसक्छ, यो सूर्यको केही सौर्य वर्षाको लागि यस्तो देखिएको हो । तर, भविष्यमा यसले सौर्यमन्डलको लागि कस्तो खतरा उत्पन्न गर्नेछ भन्ने विषयमा सबै वैज्ञानिकहरुलाई चेतावनी दिइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us