देउवाको निर्देशनपछि बुद्धनगरमा नेविसंघले सरकारी गाडी जलायो

काठमाण्डु टुडे २०७५ माघ १९ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १९ माघ – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरका विभिन्न स्थानमा सरकारी गाडीमा आगजनी गरेको छ । राजधानीको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको गाडीमा आगजनी गरेको हो ।

file photo

नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीका अनुसार केन्द्रीय समितिको निर्णय अनुसार शनिबार सडकमा भेटिएका सरकारी गाडीमा आगजनी भएको हो ।

नेविसंघले शनिबार राजधानीसँगै कास्की, बाँके र धनकुटामा सरकारी गाडीमा आगजनी गरेको छ ।

आगजनीमा संलग्न नेविसंघका १३ कार्यकर्ता पक्राउ परेका छन् ।

नेविसंघले राजधानीका केही स्थानबाट भने सरकारी गाडीको चाबी खोसेर राखेको छ । शंकरदेव क्याम्पस अगाडि, त्रिपुरेश्वर र लाजिम्पाट क्षेत्रबाट केही गाडीको चाबी खोसिएको त्रिपाठीले जानकारी दिए ।
नेविसंघले केन्द्रको निर्देशन भन्दै सरकारी गाडीमाथि आक्रण गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us