प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७५ माघ १२ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १२ माघ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान स्वदेश फर्किएका छन् । स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थल पुगेर रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका हुन् ।

डावोस सहरमा हुने बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली गत आइतबार त्यसतर्फ गएका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण सफल भएको बताए ।

उनका अनुसार बैठकमार्फत् नेपालले आफ्नो धारणा र योजना अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us