ओखलढुंगाको घोराखोरीबाट छुटेको बस मन्थलीमा दुर्घटना, एकको मृत्यु, २५ जना घाइते

काठमाण्डु टुडे २०७५ माघ ६ गते १४:१० मा प्रकाशित

मन्थली, ६ माघ — ओखलढुंगाको घोराखोरीबाट काठमाण्डु जाँदै गरेको बस रामेछापको मन्थली–१ मच्छेडाँडीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुँगाको चंपादेवी गाउँपालिका–६ का २५ वर्षीय ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

अरनिको यातायात सेवा समितिको बा ४ ख ४२१० नम्बरको बस आइतबार दिउँसो पल्टिएर दुर्घटना भएको हो । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइतेहरुको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दीए । केही गम्भिर घाइतेहरुलाई काठमाण्डु पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us