जब पोर्चुगलका प्रधानमन्त्री सार्वजनिक गाडी चढेर वडा कार्यालय पुगे…

काठमाण्डु टुडे २०७५ पुष २० गते १६:४३ मा प्रकाशित

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएका छन् । प्रधानमन्त्री एन्तोनियो बिहीबार बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसको यात्रामा भेटिएका हुन् ।

बिहीबार बिहानको ७४६ रुटको बसमा प्रधानमन्त्री कोस्तालाई देखेर सर्वसाधारण खुशी भएका थिए । प्रधानमन्त्री कोस्ता श्रीमतीका साथमा सार्वजनिक बस चढेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

उनी श्रीमतीको साथमा आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गएको समाचारमा उल्लेख गरिएको छ । प्रधानमन्त्री कोस्ता सुरक्षा गार्ड बिना श्रीमतीको साथमा यात्रा गर्ने गर्छन् ।

प्रधान्त्री कोस्ता साधारण जीवनशैली बाच्न रुचाउँछन् । गत डिसेम्बरमा मात्र पोलेको कुखुरा किनेर फर्किएका थिए । उनको यो शैलीलाई धेरैले प्रशंसा गर्ने गरेका छन् ।

प्रधानमन्त्री कोस्टा सुरक्षाका लागि सुरक्षाकर्मी आवश्यक ठान्दैनन् तर कानुनको बाध्यतात्म व्यवस्थाका कारण उनको घर अगाडि ठूलो संख्यामा प्रहरी खटिएका छन् । यद्यपी उनी हिडडुल गर्दा भने बिना सुरक्षागार्ड श्रीमतीसँग हिड्ने गरेका छन् ।

आफ्नै भिल्लामा बस्दा राजमार्गमा हुने सवारी चाप र त्यसले ट्राफिक र सर्वसाधारणमा पर्ने असर कम गर्न उनी अहिले राजधानी नजिकै एक अपार्टमेन्टमा सरेको समाचारमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us