खादा र माला भिरेर शपथका लागि सिंहदरबार पुगे चौधरी

काठमाण्डु टुडे २०७५ पुष १९ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १९ पुस – टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरीलाई पद तथा गोपनियताको सपथका लागि सिंहदरबार लगिएको छ । उनले गलाभरी खादा र माला भिरेका थिए ।

उनलाई सभामुख कृष्णबहादुर महराको सचिवालय सिंहदरबारमा सपथ ग्रहणका लागि लगिएको हो । कैलाली १ बाट राजपाका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई डिल्लीबजार कारागारबाट प्रहरीको भ्यानमा राखि सपथग्रहणका लागि लगिएको हो ।

सपथका लागि राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायतका नेताहरु पुगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us