इलाममा लाखौँ मूल्यको मदिरा नष्ट

काठमाण्डु टुडे २०७२ भदौ १८ गते ९:१४ मा प्रकाशित

 

ilam_districtइलाम, १८ भदौ – पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले आर्थिक वर्ष ०७१/७२ मा एक लाख ३३ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आवमा अवैध रुपमा मदिराजन्य पदार्थ बढी भित्रिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अघिल्लो आवमा प्रहरीले रु एक लाख २५ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरेको थियो ।

बरामद गरिएका मदिरा भन्सारमा दाखिला नहुने भएकाले प्रहरी, भन्सारका कर्मचारी, स्थानीयवासीको रोहवरमा नष्ट गरिने गरेको प्रहरी निरीक्षक पदम थपलियाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us