आङ्काजीलाई साइबर क्राईमअन्तर्गत मुद्दा चलाइने

काठमाण्डु टुडे २०७२ भदौ १८ गते ८:०६ मा प्रकाशित

120119124511_cyber_crime-685x320काठमाण्डु, १८ भदौ – जनजाति महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पालाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डुले प्रहरीलाई अनुमति दिएको छ ।
सामाजिक सन्जाल फेसबुकमा सुरक्षा निकायबीच फाटो ल्याउने, जातीय तथा साम्प्रदायीक सद्भाव भड्काउने सन्देश लेखेको भन्दै शेर्पालार्य बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले विद्युतीय कारोबार ऐन अन्र्तगत मुद्दा चलाइने बताए । विद्युतीय कारोबार ऐनविपरीत काम गर्नेलाई १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रभाव दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us