किरियामा रहेकी ईन्स्पेक्टर केशवकी पत्नी भन्छिन् ‘सशस्त्रको भूमिका छानबिन होस्’

काठमाण्डु टुडे २०७२ भदौ १७ गते ७:०६ मा प्रकाशित

11950903_897767773649711_1472516007_nकञ्चनपुर, १७ भदौ – कैलाली सदरमुकाम धनगढीबाट २७ किलोमिटरको कच्ची बाटो छिचोलेर, कञ्चनपुरको बेलौरी नगरपालीका पुग्दा प्रहरी निरीक्षक केशव बोहोराको घरमा सन्नाटा थियो ।
सुन्दर, सार्थक र शुभम् बोहोराको मुण्डन, सेतो पहिरनमा छेवैमा बसेका वृद्ध बुबा प्रेमसिंह बोहोरा, नेपाली सेनाका बहालवाला मेजर भाई नवीन र उपप्राध्यापक अर्का भाई महेशको अनुहारको खुसी हराएको थियो ।
घरको बरण्डामा यूएन मिसनमा गएका बेला खिचेको प्रहरी निरीक्षक केशवको तस्विर राखिएको थियो । किरीयामा रहेकी केशवकी पत्नी कोही जानेबित्तिकै भक्कानो छाड्छिन् । ‘मार्ने मान्छे त आतंककारी होला, उसको स्वभावै आतंककारी हो ।

सरकारले सत्यतथ्य पत्तालगाई घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ । संगै लगेर घटनास्थलमा छाडेर भाग्ने सशस्त्रका एसपी लक्ष्मण सिंहको भूमिका छानबिन हुनुपर्छ’, उनले भनिन्, ‘हवाई फायर मात्रै गरेका भए मेरा पति सहितका प्रहरी बच्थे । हतियार हुँदाहुँदै मेरो पतिको छातीमा भाला रोपेको रमिते भएर हेर्नेलाई पनि मेरो आँसु लाग्नेछ ।’
अन्न्पूर्णपोस्ट् दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us