बन्दले सप्तरीका हजयात्री समस्यामा

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १५:१८ मा प्रकाशित

Haz Tirthayatri
सप्तरी, १६ भदौ –लगातार १८ दिनदेखि मधेसी मोर्चाले बन्द जारी राखेपछि आगामी शुक्रबार हजका लागि साउदी अरबको मक्का मदिना जाने हजयात्री अन्योलमा परेका छन् ।

मुस्लिमको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न मुसलमान प्रत्येक वर्ष साउदी अरबको मक्का मदिना जाने गरेकाले यस वर्ष अनिश्चितकालीन तराई—मधेस बन्द भएपछि हजका लागि जान समस्या भइरहेको राजविराज–३ निवासी इर्शाद् अन्सारीले बताए ।

आगामी शुक्रबार हजमा जानका लागि आवश्यक किनमेल गर्नुपर्ने भएकाले १८ दिनदेखि आमहड्ताल जारी रहेकाले समस्या हुनुका साथै हजयात्राका लागि बैंकमा राखिएको पैसा झिक्न समस्या भएको छ ।

लगातारको आमहडतालमा बंैकसमेत बन्द रहेका छन् । बैंक बन्द भएपछि किनमेल गर्नुका साथै हजमा जानका लागि पैसा नभएको हजयात्रीको गुनासो छ ।

हजका लागि यसपालि सप्तरीबाट ७२ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने अवसर पाएपनि लगातार सप्तरीसहित तराइका जिल्लामा बन्दकोे प्रभाव बढ्दै गइरहेकाले यस वर्ष हज जानमा समस्या भएको हजयात्रीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us