‘म डाक्टर केसीको साथ छु’ भन्दै हजारौँ युवा सडकमा (फोटोफिचर)

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १२:३८ मा प्रकाशित

1
‘म डाक्टर केसीको साथ छु’ ‘तीन करोड नेपालीको स्वास्थ्यमा भैरहेको खेलवाड रोक्ने कि नरोक्ने ? हाम्रो स्वास्थ्इ र शिक्षामा हावी राजनीतिक गफियातन्त्र जरैबाट उखालौँ’ भन्ने मुल नाराका साथ विवेकशिल नेपाली दलले काठमाण्डुमा र्याली निकालेको छ ।

3

करिब हजारको संख्यामा रहेका प्रदर्शनकारीले नयाँ बानेश्वरमा केसीको पक्षमा नारा लगाउँदै सरकारसँग माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

d govinda kc

केसी आम सरोकारको मुद्धालाई लिएर पटक–पटक अनसन बस्नुपर्ने कुरा आफैमा दुर्भाग्यपूर्ण र लोकतान्त्रिक राज्य व्यवस्थाका लागि लज्जा महसुस भएको भन्दै विवेकशीलले केसीसँग भएका यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

9

उसले केसी सबै जनताका लागि लडिरहेको बताउँदै उनको सत्याग्रहमा आफ्नो दलको समर्थन रहेको समेत बताएको छ ।

6 10

8

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us