किन भए भारतमा पाँच लाख मानिस प्रभावित ?

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १६:१९ मा प्रकाशित
फाईल तस्बिर

फाईल तस्बिर

भारत, १४ भदौ– उत्तरपूर्वी भारतको आसाम राज्यमा गएको केही दिनदेखि परेको ठूलो वर्षाका कारण बाढी आउँदा लाखौँ मानिस प्रभावित भएका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीले कम्तिमा पाँच जनालाई बगाएको जनाइएको छ । आसाम तथा मुख्य सहरी ईलाका तथा एक हजार भन्दा बढी गाउँमा ४ लाख ६४ हजार मानिस बाढीबाट प्रभावित भएको इन्डो–एसियन न्युज सर्भिसले जनाएको छ ।

आसामका कैयौँ पूर्वी गाउँहरुमा अवस्था गम्भीर रहेको बताइएको छ । यहाँ ७०० भन्दा बढी गाउँ गएको दुई दिनभित्र डुबानमा परेका छन् । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us