‘प्यासन्’ले डोहोर्‍याएको ‘आपणो नेपाल, आपणो गौरव’

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १४:१३ मा प्रकाशित

apperarनेपालमा मारवाडी भाषी एक प्रतिशत भन्दा अलिकति बढी छन् । ती मध्ये पनि आधाले बोल्छन् । आधाले मारवाडी भन्दा नेपाली हिन्दी बोल्न सजिलो ठान्छन् । काठमाण्डुका मारवाडीहरु नेपाली र हीन्दी भाषामा कुरा गर्न सजिलो मान्छन् । अल्पसंख्यकहरुको मारवाडी भाषामा टेलिभिजनमा कार्यक्रम कति नै चल्न सक्ला र ? कार्यक्रम उत्पादकमा लगाव हुने हो भने चाहिँ हुँदोरहेछ । नेपाली टेलिभिजनहरुमा मारवाडी भाषाको एक मात्र कार्यक्रम ‘आपणो नेपाल, आपणो गौरव’ले हालै २ सय भाग पुरा गर्यो । यो कार्यक्रमका उत्पादक, सञ्चालक हुन् दयाराम अग्रवाल ‘५०’ ।

हिमालय टेलिभिजनमा हरेक शनिबार बिहान प्रशारण हुने ‘आपणो नेपाल, आपणो गौरव’ का सञ्चालक दयाराम अग्रवालको मूल पेशा टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्नु होइन । नबिल बैंकका सञ्चालक समिति सदस्य अग्रवालको आफ्नै स्टेसनरी व्यापार छ । तर २ सय हप्ताको कार्यक्रमले उनको ३० वर्ष पुरानो पहिचान छोपिदिएको छ । अहिले उनको पहिचान ‘मारवाडी भाषाको कार्यक्रम सञ्चालक’ बनेको छ ।

dayaram dai 5समाजशास्त्रीय दृष्टिमा ‘परसंस्कृतिकरण’को लामो व्याख्या हुन्छ । नयाँ संस्कृति भएको ठाउँमा नौलो संस्कृति आयो भने मिसिन्छ । काठमाण्डुमै जन्मेहुर्केका दयाराम जस्ता मारवाडी भाषीलाई पनि यस्तै भएको छ । ‘कार्यक्रम मारवाडी भाषाको हो तर मारवाडी मात्रै बोल्ने गेस्ट खोज्न सम्भव नै छैन ।’ दयाराम भन्छन्, ‘काठमाण्डुका मारवाडीहरुले नै नेपाली वा हिन्दीमा कुरा गरौं न भन्छन् । त्यसछि मैले भाषाको दायरा फराकिलो पारेँ ।’

दयाराम आफैं नेपाली, मारवाडी र हिन्दी भाषा समानरुपमा शुद्ध बोल्छन् । उनको परिवारमा पनि नेपाली भाषा नै बोलिन्छ । ‘आमा मारवाडी बोल्नु हुन्थ्यो, मारवाडी सिके, बुबा साथीभाईले नेपाली र हिन्दी सिकाए ।’ दयारामले भने,‘ यसकारण पनि मैले आपणो नेपालमा मारवाडी, नेपाली र हिन्दी भाषाले प्रवेश पाए ।’

भाषाको दक्षता, पाको उमेर र तत्परताका कारण आम नेपालीले चिन्ने भारतीय कलाकार, राजनीतिज्ञ, धर्मगुरुहरु दयारामको कार्यक्रममा गेस्टको रुपमा आएकै छन् । बलिउडका कलाकारहरु अनुपम खेर, हास्य कलाकार भारती सिंह, राजेश कुमार, नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी, राजनीतिक किरण वेदी, धर्मगुरु रविशंकर, बाबा रामदेव लगायत भारतीयहरु आपणो नेपालका अतिथि बनेका छन् । केही दिनका लागि नेपाल आउनेहरुलाई समातेर स्टुडियोसम्म पुर्याउन हल्का प्रयासले पुग्दैन ।

नेपाल टेलिभिजन स्थापना हुँदा ताक एक पटक हालका डलर अर्बपति विनोद चौधरी टिभीमा बोलेको देख्दा कुनै दिन टेलिभिजनमा देखिन्छु भन्ने दयारामलाई लागेको रहेछ । त्यो रहर पुरा गर्न झन्डै २५ वर्ष लाग्यो । हिमालय टेलिभिजनका सञ्चालक पनि अग्रवाल नै हुन् । मारवाडी भाषाको कार्यक्रम सञ्चालन होस भन्ने सञ्चालकलाई लाग्नु स्वभाविक थियो । मारवाडी भाषी प्रदिप शर्माले कार्यक्रम सुरु गरे । तर केही हप्ता मै शर्माको आकस्मिक निधन भयो । शर्मा र दयाराम साथी थिए । शर्माको निधनपछि दयारामले कार्यक्रमलाई अगाडि बढाए, तर त्यसबेला उनीसँग न कुनै तालिम थियो, न कुनै अनुभव, न टेलिभिजन कार्यक्रमसम्बन्धी ज्ञान ।

‘एकोहोरो लागिरहे, अहिले कार्यक्रम स्थापित भएको छ भन्न लाग्छ । धेरैले मेरो कार्यक्रमको प्रशंसा गर्नुभएको छ । हिन्दी नेपाली भाषा, दर्शककालागि उपहार, चलेका अनुहार गेस्टको रुपमा आउने भएकोले होला मेरो कार्यक्रमका बढी दर्शक नेपाली भाषी छन् ।’ दयारामको विश्लेषण छ ।

gagan thapaयदि जातकै कुरा गर्ने हो भने दयारामको काम नाफा नोक्सानमा बढी जोडिनु पथ्र्यो । किनभने नेपालमा मारवाडी जाति चिनिएकै व्यापार, उद्योगबाट छन् । आर्थिक लाभ नहुने तर ‘प्यासन’ले तानेर टेलिभिजनको कार्यक्रम सञ्चालक बनेका दयारामको काम देखेर उनकी धर्मपत्नी आश्चर्य मान्छिन् । ‘एक रुपैयाँ कमाई नहुने काममा किन लागिरहनुहुन्छ ? ’ पत्नीको प्रतिक्रिया सुनाउँदै उनले भने,‘ मान्छे जहाँ जन्मन्छ, त्यहीँको हुन्छ । मेरो जात मारवाडी हो । तर म आम नेपाली जस्ता हुन्छन्, त्यस्तै छु । एकोहोरो पैसाको पछि कुद्नै मन लाग्दैन ।’
प्रस्तुतिः ध्रुव रिजाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us