पूर्वका नौ जिल्ला ठप्प

काठमाण्डु टुडे २०७२ भदौ १४ गते ९:५९ मा प्रकाशित

eastern-development-regionभद्रपुर, १४ भदौ – सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ ।

पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

बन्दको कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधान चल्न सकेका छैनन् । बजार फाटफुट खुलेका छन् भने औद्योगिक प्रतिष्ठान, शैक्षिक संस्था बन्द छन् । बन्दको कारण कुनै पनि अप्रिय घटना नभए पनि प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us