बाँकेमा बन्दले जनजीवन थप प्रभावित

काठमाण्डु टुडे २०७२ भदौ १३ गते १९:१३ मा प्रकाशित

banke_district
नेपालगन्ज, १३ भदौ-प्रदेश सीमाङ्कनको विरोधमा संयुक्त थारुहट मधेस सङ्घर्ष समितिले आइतबारदेखि पुनःअनिश्चितकालीन बाँके बन्द गराएको छ ।

 

गत साउन २७ गतेबाट १० गतेसम्म लगातार १६ दिन बन्द रहेको यस जिल्ला ११ र १२ गते रक्षाबन्धनको अवसरमा बन्दकर्ताले दुई दिनलाई खुकुलो पारेकामा पुनः आइतबारदेखि बन्द गराइएपछि जनजीवन असहज बनेको छ ।

 

बन्दका कारण यहाँका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना ठप्प भएका छन् भने विद्यालयसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

 

नेपालगन्ज र कोहलपुर बजार क्षेत्रमा फाटफुट मोटरसाइकल र रिक्सा, टाँगा सञ्चालनमा आएपनि लामो र छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न नदिइएपछि यात्रु बिचल्लीमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us