अलजजिराका पत्रकारमाथिको सजाय आपत्तिजनक छः राष्ट्रसंघ

काठमाण्डु टुडे २०७२ भदौ १३ गते १७:०६ मा प्रकाशित

united nations building in nyc and flag poles

 

संयुक्त राष्ट्र संघ, १३ भदौ-संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले अलजजिराका तीन पत्रकारमाथि इजिप्टको एक अदालतले कारवासको सजाँय फैसला गरेकोमा खेद प्रकट गरेका छन् ।

 

सो अदालतले सन् २०१३ को डिसेम्बरमा पक्राउ परेका ती पत्रकार मुद्दाको अन्तिम सुनवाई गर्दे शनिबार तीन वर्षको जेल सजाय सुनाएको थियो ।

 

कतारमा अवस्थित अल(जजिरा अङ्ग्रेजी टेलिभिजनमा कार्यरत पत्रकारद्वय अष्ट्रेलियाली पिटर ग्रेस्टे इजिप्ट मूलका क्यानेडाली मोहमद फादेल फाहमी र कार्यक्रम निर्माता इजिप्टका बाहेर मोहमदले अब तीन वर्षको जेल साजय काट्नु पर्ने सो अदालतलले निर्णय गरेको छ ।

 

मोहमदमाथि अवैध हतियार ओसापसारमा सहयोग गरेको अभियोगमा थप छ महिनाको थप सजायँसमेत सनुाइएको छ ।

 

यी पत्रकारहरु सन् २०१३ को डिसेम्बरमा कायरोस्थित एक होटलबाट पक्राउ परेका थिए । उनीहरुलाई राष्ट्रियहित विरुद्ध समाचार सम्प्रेषण गरेको अभियोग लगाइएको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us