यसरी बाँधे राष्ट्रपति र प्रधानमन्त्रीले राजदिदीको हातबाट रक्षाबन्धन

काठमाण्डु टुडे २०७२ भदौ १२ गते १८:३६ मा प्रकाशित

rambaran-sushil
काठमाण्डु, १२ भदौ-राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राज दिदीले शनिबार रक्षाबन्धन गराइदिइन् ।

 

केन्द्रका तर्फबाट राज दिदीले राष्ट्रपति भवन शीलत निवास र प्रधानमन्त्री निवासमा पुगेर उहाँहरुलाई रक्षाबन्धन गराइदिएको केन्द्रले जनाएको छ ।

 

सो अवसरमा राष्ट्रपति यादवले ब्रह्माकुमारी मिसनको आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान आगामी दिनमा अझ सशक्त बन्न सकोस् भन्दै वर्तमान परिवेशमा सबै राजनीतिक दलमा आपसी समझदारी, मेलमिलाप तथा सहमति कायम भई संविधान निर्माणले मूर्तता पाओस् भन्ने कामना गरे ।

 

यसैगरी प्रधानमन्त्री कोइरालाले यस पर्वले लडाइँ, भगडा र आपसी वैमनस्यतामा समय खेर पाल्नुभन्दा पनि मुलुकको अखण्डता र मुलुकवासीको सर्वोपरि हितलाई ध्यानमा राखी त्याग र कल्याणको भावनाले संविधान निर्माणमा कामममा सघाउन सबैमा आह्वान गरे ।

 

केन्द्रले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपप्रधानमन्त्रीद्वय, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतलाई पनि रक्षाबन्धन प्रदान गरेको छ । केन्द्रले यस वर्ष ५० हजार शुभेच्छुकलाई रक्षाबन्धन पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us