राष्ट्रपतिलाई उक्साउँदै असन्तुष्ट दलहरु

काठमाण्डु टुडे २०७२ भदौ १२ गते ६:५६ मा प्रकाशित

Rambaranकाठमाण्डु, १२ भदौ – वार्ताका लागि सरकारले पठाएको पत्रको बेवास्ता गर्दै आन्दोलनरत दलहरु राष्ट्रपति डा.रामवरण यादवलाई ज्ञापनपत्र बुझाउन व्यस्त देखिएका छन् ।

कैलालीको टीकापुर घटनापछि सरकारले सेना परिचालन गरेको भन्दै आन्दोलनरत दलका नेतारु सेना परिचालनको निर्णय असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाउन राष्ट्रपति कार्यालयमा लर्को लागेका हुन् ।
शुक्रवार नेकपा–माओवादी, मधेसी रु जनजाती अमबद्ध नौ दलीय संघीय गठबन्धनले राष्ट्रपतिलाई भेटेर छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।
सेना परिचालन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका राष्ट्रपति यादवलाई भेटेर आन्दोलनरत दलहरुले पुनः विवादमा खोजेको पाइएको छ ।
राष्ट्रपतिले सेनापरिचालनबारे प्रधानमन्त्री सुशील कोइरालालाई बोलाएरु स्पष्ट पार्न आग्रह गरेपछि रक्षा मन्त्रालय र सेना स्वयम्ले सेनापरिचालनबारे स्पष्ट पारिसकेको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us