नेपालले युएईलाई १४९ रनले हरायो, युएई ५० रनमै प्याक

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १३:२२ मा प्रकाशित

nepal u 19 cricket
एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले युएईलाई १४९ रनले पराजित गरेको छ । पहिले टस जितेर ब्याटिङ जोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनायो । नेपालका लागि राजु रजिालले सर्वाधिक ६२ रन बनाए । ८२ बलको सामना गर्दै उनले ६ चौका र १ छक्का प्रहार गरे ।

२०० रनको लक्ष्य लिएर मैदान छिरेको युएई २०.५ ओभरमा ५० रनमै अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सुशील कँडेलले ४ विकेट लिए । त्यस्तै, धमलाले ३ विकेट लिए । प्रेम तामाङले ५ बलमा २ विकेट लिए ।

कँडेलले ७ ओभरमा ३ मिडेन ओभर फाल्दै ७ रनमात्र दिए । धमलाले ७ ओभरमा ३ मेडेन फालेर १२ रन दिए । जितसँगै नेपालले २ अंक जोडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us