फिल्म ‘लाज’ र ‘कालो पोथी’ अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोट

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १२:५५ मा प्रकाशित

laaj short film
काठमाण्डु, ११ भदौ– सुसन प्रजापति निर्देशन रहेको छोटो फिल्म ‘लाज’ र मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ कोरियामा हुन लागेको २० औं बुसान अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।

 

मुक्त कमैयाका विषयमा बनेको यस फिल्म लाजमा छविलाल कोपिला लगाएतकाको मुख्य भस्मिका रहेको छ । त्यस्तै, कालो पोथिमा खड्काराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, विपिन कार्की लगाएतकाको अभिनय रहेको छ । कालो पोथि द विन्डो अफ एसिया सिनेमाघर लागि छनोट भएको हो भने लाज सर्ट फिल्मका लागि छनोट भएको हो ।

 

काठकाण्डु टुडेसँग कुरा गर्दै लाजका कलाकार कोपिलाले आफूहरुले फिल्म मार्फत सहि सन्देश दिन खोजेको र छोटो समयमा यथार्थ विषयवस्तुलाई समेटेर तयार पारिएकाले फिल्मले अवार्ड जित्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us