यसरी मारिएका रहेछन् एसएसपी लक्ष्मण न्यौपाने

काठमाण्डु टुडे २०७२ भदौ ११ गते ७:०७ मा प्रकाशित

Laxman-Neupaneटीकापुर, ११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा । भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे । उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन् । ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन् । हात हातमा भाला, लट्ठी, चक्कु बोकेकाको हुल दपेट्दै आइपुग्यो ।
भित्र लुको मान्छेलाई तानेर पिट्दै उनीहरुले बाहिर आँगनमा निकाले । ती प्रहरी उनीहरुसँग जीवनको भिख मागिरहेका थिए । सीताले सहन सकिनन् । क्रुर ढंगले हानिरहको देखेर उनले हात जोडेर बिन्ति गरिन्,‘यसरी नमार्नुस, छाडिदिनुस् ।’

तर उनीहरुले छाडेनन् । लखेटी– लखेटी घरेलु हतियार प्रहार गरेर ती प्रहरीको ज्यान लिए ।  तिनै व्यक्ति थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने ।
‘जीवनको भिख मागिरेका व्यक्तिलाई छाडिदिनुस, नमार्नुस भनेर बिन्ति गर्यौं’ सीताले त्यस दिनको दृश्य सम्झँदै सुनाइन्, ‘मानेनन्, उल्टै हामीलाई धम्की दिए ।
–नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us