नेपालको शनिबार भारतसँग भिडन्त हुने

काठमाण्डु टुडे २०७२ भदौ १० गते १९:०४ मा प्रकाशित

nepal u 19
काठमाण्डु, १० भदौ– नेपालमा जारी पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिकालागि नेपाल भारतसँग भिड्ने भएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा दुबै टोली विजयी भएपछि फाइनलको यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई ३–२ र भारतले बंगलादेशलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गरेका हुन् । निर्धारित समयको खेल बराबरीमा सकियो । त्यसपछि ट्राइबेकरमा दबै टोलीले ३–३ गोल गरेपछि खेल सडन डेथमा गएको थियो ।

फाइनल खेल एन्फा कम्प्लेक्समा शनिबार हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us