नेपालको पोस्टमा अफगानिस्तानको गोल, के होला अब ?

काठमाण्डु टुडे २०७२ भदौ १० गते १३:३३ मा प्रकाशित

काठमाण्डस, १० भदौ– १९ वर्षमूनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा बिहीबारको सेमिफाइनल चरणका नेपाल र अफगानिस्तान भिडिरहेका छन्। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेलमा नेपालले पहिलो हाफमा ३ गोल तथा अफगानिस्तानले १ हानेको छ । नेपालका लागि २ गोल अन्जन विष्टले र १ गोल सुनिल बलले गरे । दोस्रो हाफ सुरु भएको केही मिनेटपछि रजाईले गोल गर्दै नेपालको अग्रता छोट्याएका हुनर ।

अञ्जनले पहिलो गोल कर्नरमा उनले हेड मार्फत निकै राम्रो गोल गरे । दोस्रो गोल पेनाल्टीमा गरे । बलले तेस्रो गोल फ्रिकक मार्फत गरे । आजको बिजेता फाइनलमा प्रवेश गर्ने छ ।

भक्तपुरको हनुमन्ते खोलाको बितन्ड, प्रहरीको सहयोग
भक्तपुरमा रहेको हनुमन्ते खोला गाँउमा पसेपछि त्यहाँका केही गाँउ डुबानमा परेका छन् । गाँउ डुवानमा परेपछि विहानैदेखि उद्धारको लागि प्रहरी खटिएको छ । भेलुखेलमा रहेको काठमाण्डु विश्वविद्यालयको म्युजिक डिपार्टमेन्टको भवन डुवानमा परेको छ । विहान साढे ५ बजेतिर खोला गाँउमा पसेको जानकारी आएपछि प्रहरी डुवान क्षेत्र पुगेर उद्धार कार्यमा खटिएको थियो । हनुमन्ते खोला किनारमा रहेका सिविर, घरहरु डुवानमा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us