अमरेशकुमारलाई काँग्रेसको २४ घन्टे स्पष्टीकरण

काठमाण्डु टुडे २०७२ भदौ १० गते ७:१४ मा प्रकाशित

amresh-kumar-singhकाठमाण्डु, १० भदौ – नेपाली काँग्रेसले आफ्नो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पुर्याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधेको हो ।

सो अभिव्यक्तिका विषयलाई लिएर स्पष्टीकरण सोधिएको सचिव तिवारीले बताए । पार्टीभित्र उनले दिएको अभिव्यक्तिका विषयमा आलोचना भएपछि सभासद् सिंहलाई स्पष्टीकरण सोधिएको हो ।

कैलाली घटनाको केही दिन मधेसी मोर्चाका नेताहरूसँग एउटै मञ्चबाट अमरेशले सामाजिक सद्भाव बिथोल्नेगरी अभिव्यक्ति दिएका थिए। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादब, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगै एकै कार्यक्रममा उनले दिएको अभिव्यक्तिको अडियो रेकर्ड संसदको राज्य व्यवस्था समितिले छानविन गरिरहेको अवस्थामा पार्टीले स्पष्टिकरण सोधेको हो ।
नागरिक दैनिकबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us