सिङ्गापुरमा संसद विघटन

काठमाण्डु टुडे २०७२ भदौ ८ गते १५:२२ मा प्रकाशित

singapore

सिङ्गापुर, ८ भदौ-सिङ्गापुरका राष्ट्रपतिले यहाँको संसद विघटन गरेका छन् । सिङ्गापुरका प्रधानमन्त्री लि हुसेन लुङको सल्लाहमा सो संसद विघटन गरिएको हो ।

 

सिङ्गापुरका राष्ट्रपति टोनी तान केङ यामले मङ्गलबार सो संसद विघटन गरिएको समाचारमा जनाइएको छ ।

 

आगामी तीन महिनाभित्रमा संसदीय निर्वाचन गर्नेगरी सो संसद विघटन गरिएको एक समाचारमा जनाइएको छ ।

 

राष्ट्रपति यामले आगामी तीन महिनाभित्रै अर्को निर्वाचन गर्नेगरी अन्य निर्वाचनका प्रक्रियाका थालनी गर्ने जनाइएको छ ।

 

प्राप्त समाचारअनुसार सिङ्गापुरका जनताले आगामी सेप्टेम्बर १२ मा आमनिर्वाचन हुने जनाएका छन् । सम्भवत सोही मितिमा नै निर्वाचन गर्नेगरी सरकारले पनि तयारी गर्ने बुझिएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us