सेना परिचालन विरुद्ध उभिए बाबुराम

काठमाण्डु टुडे २०७२ भदौ ८ गते ९:३१ मा प्रकाशित

baburam bhattaraiकाठमाण्डु, ८ भदौ– कैलाली, बाँके, रौतहत र सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने सरकारको निर्णय गलत भएको एमाओवादी नेता बाबुराम भट्टराईले बताएका छन् ।
मंगलबार आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै भट्टराइले लेखेका छन्, ‘समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले हैन राजनीतिक ढंगले नै खोज्नुपर्छ भन्ने हामीले विर्सनु हुँदैन !’
भट्टराईले निर्णायक स्थानमा रहेका राजनीतिक नेतृत्वले अभिब्यक्ति दिँदा संयमित र सुझबुझपूर्ण ढंगबाट दिनु पर्नेमा जोड दिएका छन् ।
६ दशमलव ५६ प्रतिशत जनसंख्या ओगटेको थारु जाती नेपालको उत्पीडित जाती भएकोले यो जातीको निश्चित ऐतिहासिक भौगोलिक थाँत थलो भएकोले उनीहरुलाई प्रदेश दिनु पर्ने भट्टर्राइले उल्लेख गरेका छन् ।  अतिले खति गर्छ भन्ने नविर्सना उनले ठूला नेताहरुलाई सुझाव पनि दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us