रेल दुर्घटनामा विधायकसहित ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७२ भदौ ७ गते ११:१८ मा प्रकाशित

Rail Accident
एजेन्सी, ७ भदौ –भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा एक विधायकसहित ५ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बिहान स्थानीय समय अनुसार २ बजेर २२ मिनेट जाँदा लरी र रेल आपसमा ठोक्किदा अनन्तपुर जिल्लामा दुर्घटना भएको बिबिसीले जनाएको छ ।

भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा कांग्रेस आइका विधायक ए वेंकटेश नायकसहित ६ जनाको मृत्यु भएको हो ।

रेलवे क्रसिङमा पुग्दा लरीको ब्रेक फेल भएपछि दुर्घटना भएको समाचारमा बताइएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us