कमिसनका लोभी निधिले के मान्थे विधि !

काठमाण्डु टुडे २०७२ भदौ ७ गते ७:१७ मा प्रकाशित

bimalendra nidhiकाठमाण्डु, ७ भदौ– काठमाण्डु–तराई फास्टट्रयाक भारतीय कम्पनीको हित हुनेगरी १० अर्ब भन्दा बढी लागत बढाएर अरबौं रुपैयाँ अनियमितता गर्न लागेका भौतिक पूर्वधार तथा यातयात मन्त्री निधिले सवारी साधनमा डिजिटल प्रविधिको इम्बोर नम्बर प्लेट राख्नका लागि एक चिनियाँ कम्पनीलाई ठेक्का दिन चर्को दबाब दिंदै आएका खुलासा भएको छ ।

मन्त्री निधिलाई आकर्षक कमिसनको प्रस्ताव आएपछि उनले टेण्डर डकुमेन्टमा चिनियाँ कम्पनीलाई अनुकुल हुनेगरी स्पेसिफिकेसन तयार गर्न दिएको निर्देशन नमानेपछि यातायात व्यवस्था विभागका दुई महानिर्देशक उनको कोपभाजनमा परी सरुवा भइसकेका छन् । उनले भनेअनुसार कम्पनीई ठेक्का दिने सर्तमा चन्द्रमान श्रेष्ठलाई यातायात व्यवस्था विभागको महानिर्देशकमा ल्याएका छन् । यातायातका डनका रुपमा चिनिएका अर्का उपसचिव प्रेम सिंहलाई पनि विभागमा ल्याइएको छ ।

मन्त्री निधिले रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसनसहितको इम्बोस नम्बर प्लेट राख्ने गरी चिनियाँ कम्पनीलाई दिन दबाब दिएपछि भोलि अख्तियार दूरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने डरले काशीराज दाहालले मानेनन् । दाहालपछि आएका महानिर्देशक बुर्लाकोटीले भौतिक मन्त्रालयका उपसचिव नविन पोख्रेल र शरद अधिकारसँग मिलेर ग्लोबल पोजिसनिङ सिस्टमको इम्बोस नम्बर प्लेट राख्ने कम्पनीसँग कुरा गर्न थालेको थाह पाउन साथ मन्त्री निधिले उनलाइै सरुवा गरे ।
साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us