नेपाल बन्द बिफल

काठमाण्डु टुडे २०७२ भदौ ६ गते १६:४६ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– नेपाल आदिवासी जनजाति महासंघले गरेको दुईदिने नेपाल बन्द फिर्ता भएको छ । बन्दको चौतर्फी बिरोध भएपछि आइतबार र सोमबारका लागि आह्वान गरिएको बन्द दिउँसो १ बजेदेखि फिर्ता लिइएको हो ।

banda khulla
महासंघले पहिचानसहितको संघीय प्रदेश र स्वायत्त क्षेत्रका लागि भन्दै गरिएको बन्द फिर्ता भएको युवाहरुले सामाजिक संजालमा लेखेका छन् । सवारीका साभन पनि स्फूर्त रुपमा संचालनमा आइरहेका छन् ।

तर, कांग्रेस सभासद नरेन्द्र कुमालले भने नेपाल बन्द फिर्ता नहुने बताए । नेपाल बन्द भनिएता पनि त्यससले बिहानै देखि खासै प्रवाह पारेको थिएन । प्रहरीले विभिन्न स्थानबाट सय बढी बन्दकर्तालाई नियन्त्रणमा लिएको थियो । चारैतिर बन्दको बिरोध भएपछि महासंघभित्रै बन्द गर्ने र नगर्ने दुई गुटबीच मत बाँडिएको एक नेताले काठमाण्डु टुडेलाई बताए । यधपी बन्द फिर्ता नभएता पनि बन्द बिफल हुने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us