कोरियाली प्रायद्धिपमा भैरहेको वार्तालाई निरन्तरता देउः राष्ट्रसंघ

काठमाण्डु टुडे २०७२ भदौ ६ गते १५:२० मा प्रकाशित

united nations building in nyc and flag poles

संयुक्त राष्ट्रसङघ, ६ भदौँ-संयुक्त राष्ट्रसङघका महासचिव बान कि मुनले दुई कोरियाली प्रायद्वीपबीच शनिबार भएको वार्ताको प्रशंसा एवम् स्वागत गर्दै वार्तालाई निरन्तरता दिनका लागि आग्रह गरेका छन् ।

 

उनले थप चरणको वार्ता गर्दै दुई देशबीच देखिदै आएको तनावलाई कम गर्नका लागि दुबै देशको सकारात्मक पहल रहने विश्वास गर्नुभएको महासचिव मुनका प्रवक्ताले शनिबार राती जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

‘संयुक्त राष्ट्र सङघका महासचिव मुनले दुई कोरियाली प्रायद्वीबीच नयाँ चरणको वार्ता आइतबार नै सुरु हुने समेत विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

 

शनिबार बिहानैदेखि प्योङयाङ र सोलका प्रतिनिधिबीच दुई देशबीच सैन्य गतिविधि निशेधित क्षेत्रको पानमुनजोममा तनाव कम गर्न भन्दै वार्ता भएको केसिएनए समाचार संस्थाले जनाएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us