महोत्तरीमा उखु उखुखेतीमा कमी

काठमाण्डु टुडे २०७२ भदौ ६ गते ९:१६ मा प्रकाशित

District-18-Mahottari-hamrakuraमहोत्तरी, ६ भदौ – चालु आवमा महोत्तरीमा उखुखेतीमा कमी आएको छ । आव २०७२/७३ का लागि एभरेस्ट चिनी मिल रामनगरले जिल्लाभरिमा गरेको सर्भेक्षणअनुसार चालु आवमा किसानले छ हजार बिगाहा जग्गामा उखुखेतीमा कमी आएको हो ।

गत आवमा जिल्लामा १६ हजार बिघामा उखुखेती लगाएका किसानले चालु आवमा १० हजार बिघामा मात्र उखुखेती लगाइएको पाइएको हो । गत आवका तुलनामा आव २०७२/७३ का लागि खेतखेतमा गई सर्भेक्षण गर्दा महोत्तरीमा उखुखेतीमा ४० प्रतिशतले कमी आएको एभरेस्ट सुगर मिल रामनगरका उखु महाप्रबन्धक युगलकिशोर चौरासियाले जानकारी दिए ।

बर्सेनि उखुको मूल्यमा कमी आउनु तथा तोकिएको समयमा किसानलाई भुक्तानी नदिनुका कारण जिल्लाका किसानले उखुखेती छाड्दै आएको उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । नगदेबालीका रुपमा रहेको उखुखेती लगाउने किसानले आआफ्ना खेतमा धान, मकै, तेलहन, दलहन, तरकारीलगायत बाली लगाउन थालेको बुझिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us