गृहमन्त्री र अमरेशको बैठकमै चर्काचर्की

काठमाण्डु टुडे २०७२ भदौ ६ गते ७:०१ मा प्रकाशित

bamdevकाठमाण्डु, ६ भदौ– उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले साम्प्रदायिक दंगा भड्किने खालका अभिव्यक्ति नदिन कांग्रेस सभासद् अमरेशकुमार सिंहलाई चेतावनी दिएपछि सिंहले शनिवार त्यसको प्रतिवादमात्र गरेनन्, गौतम आफैँले विघटनकारी अभियानमा लागेकाहरुलाई सघाउ पु¥याएकोआरोप समेत लगाए ।
सिंहले संसद्को राज्य व्यवस्था समिति बैठकमा भने, ‘तराई–मधेसको आन्दोलन अराजक बनाउन सरकारले प्रहरीका मान्छेलाई आन्दोलनमा घुसपैठ गराएको छ । सशस्त्र आन्दोलनमा २४ हजार शक्ति मधेसमा किन तैनाथ गरेको ? मधेसीलाई गोली ठोक्न सशस्त्रको सबै शक्ति मधेसमा केन्द्रित गरिएको छ ।’
उपप्रधानमन्त्री गौतमले सामाजिक सद्भाव बिथोल्ने र सम्प्रदायिकता मच्चाउने काम जिम्मेवार सभासद्बाटै भएकोमा आक्रोस व्यक्त गरेका थिए ।
अन्नपूर्णपोस्ट् दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us