फ्रान्समा रेलभित्र गोली चल्दा तीन जना घाइते

काठमाण्डु टुडे २०७२ भदौ ५ गते १२:५० मा प्रकाशित

France Goli
एजेन्सी, ५ भदौ– फ्रान्समा गुडिरहेको रेलभित्र बन्दुकधारीले गोली हानी तीन जनालाई घाइते बनाइएको छ ।

२६ वर्षिय मोरक्को मूलका आक्रमणकारीलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

रेलमा यात्रा गरीरहेका दुई अमेरिकीले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । जसमध्ये एक जना घाइते भएका छन् ।

आक्रमणकारीलाई नियन्त्रणमा लिने व्यक्ति अमेरिकी मरिन रहेको समाचारमा बताइएको छ । तीब्र गतिको थैलिज रेल सेवामा आक्रमण गर्ने आक्रमणकारीलाई एरेज स्टेशनबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा एक ब्रिटिश नागरिक पनि घाइते भएका छन् । रेलमा ५ सय ५४ जना यात्री यात्रा गरीरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us