भयानक विस्फोटमा ११६ जना मारिए

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १८:११ मा प्रकाशित

Tianjin-blast bisfot

चीन, ४ भदौ– चीनको तियानजिन सहरमा गत हप्ता एक गोदाम घरमा भएको भीषण विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या एक सय १६ पुगेको छ ।

सो गोदाम घर विस्फोटनमा परी अझै ६० जना व्यक्ति हराइरहेका छन् । उत्तरी चीनको तियानजिन सहरमा स्थानीय समयाअनुसार आइतबार बिहान भएको एक पत्रकार सम्मेलनमा अधिकारीहरुले सो जानकारी दिएका छन् ।

सो घटनामा घाइते भएका अझै पनि सात सय व्यक्ति अस्पताल भर्ना भएका जनााइएको छ । तीमध्ये केही व्यक्तिको स्थिति गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सो विस्फोटन भएको इलाकामा हजारौँ टन खतरायुक्त रासायनिक पदार्थ सङ्कलन गर्नको लागि चार हजार ४६० सशस्त्र प्रहरी अधिकृत तैनाथ गरिएको जनाइएको छ ।

विस्फोटन भएको सो इलाकामा शुक्रबार बिहान पनि चारवटा विस्फोटन भएको जनाइएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us