यी मोडल भन्छिन्, ‘ममाथि बलात्कार भयो’

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १७:४३ मा प्रकाशित

pooja_smएजेन्सी–टेलिभिजनमा सधैं विवादमा आउन रुचाउने मोडलले हालै फेरि एउटा विवादास्पद र आश्चर्यजनक खुलासा गरेकी छन् । पछिल्लो केही समय चर्चा बाहिर रहेकी यी मोडलले आफू नोएडाको एक गेस्ट हाउसमा बलात्कारको शिकार भएको बताएकी छन् ।

बिग बोस–५ मा सहभागी भएर चर्चामा आएकी मोडल पूजा मिश्रले नोएडाको सेक्टर २६ को उक गेस्ट हाउसमा आफ्नो साथ बलात्कार भएको बताएकी हुुन् । उनले यही अगस्टको १७ मा आफ्नो बलात्कार भएको खुलासा गरेकी हुन् । तर बलात्कारीका बारेमो उनले केही बताएकी छैनन् ।

पूजाले केही महिना पहिले नायिका सोनाक्षी सिन्हा र उनका आमाबाबाका साथमा अन्य दुईका विरुद्ध एक होटेलमा यौन उत्पीडन गरेको आरोपमा मुद्दा दर्ता गरेर चर्चामा आएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us