नुवाकोटलाई केन्द्र बनाएर भूकम्पको धक्का

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १५:३७ मा प्रकाशित

Captureकाठमाण्डु, ४ भदौ–शुक्रबार दिउँसो नुवाकोटलाई केन्द्र बनाएर भूकम्पको पराकम्पन गएको छ ।

दिउँसो १२ बजेर २१ मिनेट जाँदा नुवाकोटको गाउँखर्क नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्पपछि अहिलेसम्म पनि पराकम्पन जाने क्रम भने रोकिएको छैन् ।

पछिल्लो समय खासै ठूला पराकम्पन नगएको हुँदा त्यसले कुनै खालको मानवीय र भौतिक क्षति भने भएको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us